भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा हुने

   ८ भाद्र २०७८, मंगलवार १२:४३  

८ भदौँ, रौतहट । कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै लिन संसदको शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ ।

आज बिहान संसदको शिक्षा तथा स्वास्थ्य समितिको बसेको बैठकले भौतिक उपस्थितिमै परीक्षा लिन निर्देशन दिएको छ । बैठकमा शिक्षा मन्त्रालयका पदाधिकारीसँग भएको छलफलपछि समिति सभापति जयपुरी घर्तीले कोरोनाविरुद्धको खोप अनिवार्य रुपमा दिएर भौतिक उपस्थितिमा नै परीक्षा संचालन गर्न निर्देशन दिएकी हुन् ।

कोरोनाको जोखिम कायमै रहेको भन्दैँ साउन ३१ देखि हुन लागेको परीक्षा स्थगित गरिएको थियो । तर, अब अनिवार्य रुपमा विद्यार्थीहरुलाई कोरोना खोप उपलब्ध गराई भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा लिने तयारी भएको शिक्षा मन्त्रालयले जनाएको छ ।