हत्या आरोपमा एक जना पक्राउ

   ८ भाद्र २०७८, मंगलवार ११:०१  

८ भदौँ, रौतहट । हत्या आरोपमा एक जनालाई प्रहरीले कास्कीबाट पक्राउ गरेको छ ।

जिल्लाको मादी वडा नम्बर ९ स्थायी घर भई मकैखोलास्थित मामाको घरमा बस्दै आएकी १७ वर्षीया कोपिला परियारको हत्या अभियोगमा स्याङ्जा हरिनास बस्ने खड्कबहादुर खवासलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गत असार १५ गते नै हत्या गरी फरार भएका खवासलाई स्याङजा पुतलीबजार ४ स्थित शिव मन्दिर चोकबाट आइतबार नियन्त्रणमा दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शंकास्पद अवस्थामा परियारको शव फेला परेसंगै घटनाबारे अनुसन्धान सुरु भएको थियो ।

जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप अनुमति लिई पक्राउ परेका आरोपीमाथि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।