चितुवाको छालासहित तीन जना पक्राउ

   ७ भाद्र २०७८, सोमबार १५:०६  

७ भदौँ, रौतहट । तिचुवाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैतडीको प्रदीपकुमार विक, विमल औजी र हेमन्त औजी रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई तीन वटा चितुवाको छालासहित अमिलियाबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका तीनै जनामाथि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।