४ वर्षीया बालिका मृत अवस्थामा फेला

   ७ भाद्र २०७८, सोमबार १२:१४  

७ भदौँ, रौतहट । रुकुम पूर्वमा एक ४ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।

रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ मोराबाङ बस्ने अर्जुन कुँवरकी ४ वर्षीया छोरी प्रियाको शव भेटिएको जिल्ला प्रहरी कार्यायलका सूचना अधिकारी तथा प्रहरी निरिक्षक मानबहादुर विसीले जानकारी दिए ।

ती बालिकाको शव आज बिहान घर नजिकै रहेको खोल्सामा फेला परेको छ । बालिकाको मृत्युको कारण हाल खुल्न नसकेको र यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पोष्टमार्टमको लागि बालिकाको शव रुकुम पूर्व अस्पतालमा पठाइएको छ ।