प्रधानमन्त्री देउवा र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता

   ७ भाद्र २०७८, सोमबार ११:२१  

७ भदौँ, रौतहट । भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवाले काठमाडौँ आएका छन् ।

काठमाडौँ आएका चौथाइवा र प्रधानमन्त्री शेरबहादुर देउवाचबी सरकारी निवास बालुवाटारमा आइतबार साँझ ४ बजेतिर नै भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री निवासमा पुगेर हिजो चौथाइवाले देउवालाई प्रधामन्त्री पदमा नियुक्त भएकोमा बधाई तथा शुभकामना दिएका छन् ।

भाजपा र नेपाली कांग्रेसका सम्बन्ध विस्तारबारे समेत छलफल भएको ट्विटमार्फत सो जानकारी दिदैँ महतले भने, ‘मलाई विश्वास छ कि यो बैठक एक नयाँ सुरुवात हुनेछ।’