सप्तरीबाट विभिन्न किसिमको लागूऔषधसहित एक जना पक्राउ
७ भदौँ, रौतहट । सप्तरीबाट विभिन्न किसिमको लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको कञ्चनरुप नगरपालिका २ बरमझियास्थित संगम फास्टफुट एन्ड मदिरा पसलबाट विभिन्न किसिमको लागूऔषधसहित पसलका सञ्चालक २८ वर्षीय जयराम यादवलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उक्त पसलमा तलासि गर्दा कालो रंगको ब्यागबाट ६१० थान निट्रोसन १०, ३१० थान स्पास्मो–प्रोक्सिभोन, ८ थान सय एमएलको डाइलेक्स डीसी, सय एमएलको इसकुफ, एक थान सिरिन्ज बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
काफ्लेका अनुसार यादवको साथबाट ३ वठा मोबाइल र १८ हजार ६ सय ७५ रुपैयाँ नगद समेत बरामद गरिएको छ । पक्राउ परेका निजमाथि यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






