भक्तपुरको गेष्ट हाउसमा शंकास्पद अवस्थामा ‘कुकर बम’ फेला
६ भदौँ, रौतहट । भक्तपुरमा कुकर बम भेटिएको प्रहरीले जनाएको छ ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ३ स्थित शंखधर चोकबाट भित्र रहेको दिव्यश्वरी गेष्ट हाउसको कोठामा शंकास्पद अवस्थामा तार जोडेको अवस्थामा ‘प्रेसर कुकर’ फेला परेको महानगरीय प्रहरी वृत ठिमीका डिएसपी नरहरि रेग्मीले जानकारी दिए ।
होटलको कोठामा शंकास्पद अवस्थामा कुकर फेला परेको गेष्ट हाउसका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । खबर लगत्तै शनिबार १२ः१५ बजेतिर नै घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ ।
रेग्मीका अनुसार शंकास्पद अवस्थामा कुकर फेला परेको कोठामा ३ दिनदेखि पाहुना बसेका थिएनन् । यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






