बारामा सवारी दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु

   ६ भाद्र २०७८, आईतवार ११:२८  

६ भदौँ, रौतहट । बारामा सवारी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा मोटरसाइकल चालक बाराको निजगढ नगरपालिका ९ बस्ने १६ वर्षीय विकास र सोही मोटरसाइकलमा पछाडि सवार भएकी ३५ वर्षीय सुनैना देवी साह र अर्का मोटरसाइकलका चालक नुवाकोट गुम्ताङका ४० वर्षीय टुलुराज तामाङ रहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय निजगढका अनुसार जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १६ टागियामा शुक्रबार गए राति प्रदेश २ ०३-००२-५३३५ नम्बरको मोटरसाइकल र बा ६५ प २७५६ नम्बरको अर्को मोटरसाइकल एक आपसमा ठोक्किदाँ दुर्घटना भएको थियो ।