ऐश्वर्या र आराध्या डिस्चार्ज भएपछि, भावुक भएका अमिताभको आँखामा आँशु

   १३ श्रावण २०७७, मंगलवार १३:३७  

साउन १३, रौतहट । ऐश्वर्या र आराध्या डिस्चार्ज हुँदा अमिताभको आँखामा खुशीको आँशु आयो ।
कोभिड १९ परीक्षणमा बुहारी ऐश्वर्या र नातिनी आराध्याको नेगेटिभ रिजल्ट आएपछि बलिउड आइकन अमिताभ बच्चनले खुशी प्रकट गरेका छन्। उनले खुशी र राहत मिलेको भन्दै सोसल मिडियामा पोस्ट गरेका गरेका हुन्।

आफ्नो नातिनी र बुहारी अस्पतालबाट घर फर्केको खुशीमा आफूलाई रोक्न नसकेको भन्दै उनले इन्स्टाग्राममा पोस्ट गरेका छन्। उनले यसका लागि भगवानलाई धन्यवाद दिएका छन्। आँशु झर्नबाट रोक्न नसकेको जनाएका छन् ।

 

त्यसअघि अभिषेक बच्चनले ट्विट गर्दै ऐश्वर्या राय र उनकी छोरी आराध्या कोरोना भाइरस मुक्त हुँदै अस्पतालबाट डिस्चार्ज भएको खुलासा गरेका थिए। अभिषेक बच्चनले सबै समर्थकलाई शुभेच्छाका लागि धन्यवाद दिएका छन्। उनीहरु दुवै अब घरमा हुनेछन् । म र बुबा (अमिताभ) उपचारका क्रममा अझै अस्पतालमा नै छौं, अभिषेकले भनेका छन्।