दाइजोको नाममा आमा–बुबाद्वारा छोरीको हत्या

   ५ भाद्र २०७८, शनिबार १५:०२  

५ भदौँ, रौतहट । भारतको बिहारस्थित भोजपुर जिल्लामा विवाह गर्दा दाइजो दिनुपर्ने भन्दै छोरीको हत्या आरोपमा सौतेली आमा पक्राउ परेकी छन्, भने बुवा फरार भएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार विवाह गर्दा दाइजो दिनु पर्ने भएकाले बुबा र सौतेनी आमा मिलेर १६ वर्षीया छोरी दिव्या कुमारीको हत्या गरेका हुन् । दिव्याको हत्या गरि उनीहरुले नहरमा फालिएको भारतीय प्रहरीले जानकारी दिए ।

भारतीय प्रहरीका अनुसार पक्राउ परेकी मृतक दिव्याकी सौतेली आमामाथि यस घटनाबारे अनुसन्धान गर्दै जाँदा दाइजो दिने अवस्था नभएकोले हत्या गरिएको खुलेको छ । घटना पश्चात् भाग्न सफल भएका आरोपी बुवाको खोजी भइरहेको छ ।

मृतक दिव्याका मामाले उनीहरुविरुद्ध किटानी जाहेरी दिएका छन् ।