हास्य कलाकार शम्भुराजको कोरोनाका कारण निधन

   ५ भाद्र २०७८, शनिबार १०:४९  

५ भदौँ, रौतहट । लोकप्रिय हास्य कलाकार शम्भुराज थापाको उपचारकै क्रममा आज बिहान निधन भएको छ । ५५ वर्षीय थापा पाटन अस्पतालमा उपचारकै क्रममा शनिबार बिहान निधन भएको हो ।

केहीदिन अघि स्वास्थ्यमा समस्या भएपछि पीसीआर परीक्षण गराउँदा उनमा कोरोना पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसंगै उपचारको लागि भर्ना भएको थापाको निधनप्रति कलाकारहरुले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिइरहेका छन् ।

उनको आज नै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । थापाको परिवारमा उनी श्रीमती, एक छोरी र एक छोरा छन् ।