नेपालमा थपिए ३,०४२ संक्रमित, २,२४४ संक्रमणमुक्त
४ भदौँ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४२ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ५ सय ३० जनाको पीसीआर परीक्षण गर्दा जम्मा २ हजार ७९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो, भने ७ हजार १ सय २४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय ६३ जनामा संक्रमण देखिएको छ ।
यस्तै, बितेको २४ घण्टामा नेपालमा थप २ हजार २ सय ४४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसंगै हालसम्म देशभर कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ६ लाख ९३ हजार ५ सय ४३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाए ।
त्यसैगरी, यो अवधिमा कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । यससहित हालसम्मा नेपालमा संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १० हजार ४ सय ५५ पुगेको छ ।
हाल नेपालमा ४० हजार ३ सय ९ संक्रिय कोरोना संक्रमित रहेका हुन् ।






