बारामा एक किशोरी बलात्कृत, आरोपी पक्राउ

   ४ भाद्र २०७८, शुक्रबार १३:०३  

४ भदौ, रौतहट । बारामा एक १४ वर्षीया किशोरी बलात्कृत भएकी छिन् ।

जिल्लाको पचरौतामा नगरपालिका वडा नम्बर ७ स्थित बेनौली गाउँमा बस्ने १४ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा सोही स्थानका २५ वर्षीय रुसियन साहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घरमा कोही नभएको बेला मंगलबार दिउँसो साहले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्दँै परेको उजुरीका आधारमा सिम्रौनगढ स्थित इलाका प्रहरी कार्यालय र पिपरपाती प्रहरी चौकीबाट खटिएको टोलीले आरोपीलाई हिरासतमा लिएको छ ।

बलात्कार आरोपमा पक्राउ परेका साहमाथि जवर्जस्ती करणी मुद्दा दर्ता गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।