बारामा सवारी दुर्घटना हुदाँ दुई जनाको मृत्यु, ८ घाइते
४ भदौ, रौतहट । बारामा यात्रुबाहक बस र मोटरसाइकल आपसमा ठोक्किदाँ दुई जनाको मृत्यु भएको छ, भने ८ जना घाइते भएका छन् ।
रौतहटको गौरका लागि काठमाडौँबाट छुटेको ना ६ ख ४६४१ नम्बरको यात्रुबाहक बस अनियन्त्रीत भई प्रदेश ०३ ००१ प ४११ नम्बरको मोटरसाइकलमा ठोक्किदाँ दुर्घटना भएको बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
दुर्घटनामा परी बस चालक मकवानपुरको हेटौँडा कमाने बस्ने ४९ वर्षीय धर्मराज रेग्मीसहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मिश्रका अनुसार दुर्घटनामा परी मोटरसाइकल चालक हेटौंडाकै इन्द्रबहादुर कार्की गम्भीर घाइते भएका छन् ।
कार्कीसहित घाइते भएका आडै जनाको हेटौँडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।






