एसी जडान गर्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
४ भदौ, रौतहट । नवलपरासीमा एसी जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
नवलपरासी (पूर्व) देउचुली नगरपालिका बस्ने ४० वर्षीय चक्रपाणि भुसालको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिए । प्रहरीका अनुसार सोही नगरपालिका स्थित सिजी फुड नेपाल प्रा।लि।मा कार्यरत भुसाललाई बिहीबार बिहानै करिब ११ बजेतिर करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका भुसाललाई उपचारको लागि मेडिकल कलेज भरतपुर ल्याएपनि मध्यान्ह राति १२ः१५ बजेतिर निजको मृत्यु भएको प्रहरीले जनाएको छ ।






