नेपालमा थपिए ३,०७५ संक्रमित, ३३ जनाको मृत्यु
३ भदौ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ११ हजार ९ सय ४६ जनाको पीसीआर परीक्षण गर्दा जम्मा २ हजार ३ सय २१ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो, भने ४ हजार ४ सय ९२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय ५४ जनामा संक्रमण देखिएको छ ।
यस्तै, बितेको २४ घण्टामा थप २ हजार १ सय २६ जनाले कोरोना भाइरस (कोभिड १९)का संक्रमणमुक्त भएर जिस्चार्ज भएका छन् । यसैबीच, कोरोना संक्रमणका कारण यो अवधिमा थप ३३ जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार हाल नेपालमा संक्रिय कोरोना संक्रमितको कुल संख्या ४० हजार ५ सय पुगेको छ ।






