विकास नगरेको भन्दै वडा अध्यक्षलाई बिजुलीको खम्बामा बाधियो

   ३ भाद्र २०७८, बिहीबार १६:२८  

३ भदौ, रौतहट । निर्वाचित भएको ४ वर्ष सम्म पनि जनप्रतिनिधिले समाजमा विकासका पूर्वाधारहरु निर्माण नगरेको भन्दै स्थानियले एक वडा अध्यक्षलाई बिजुलीको खम्बामा बाधेका छन ।

भारतको बिहारमा स्थानियले जनप्रतिनिधिलाई डोरीले खम्बामा बाधेका हुन । मधुवनी जिल्लाको मोहनिया नगरपंचायतको वडा नं. १५ का वडाअध्यक्ष इम्तीयाज अंसारीलाई बिजुलीको पोलमा बाधेर तातो घाममा स्थानियले राखेका हुन ।

वडाअध्यक्षलाई बाधेर स्थानियले सो को सूचना नगरपंचायतका अध्यक्षलाई समेत दिएका थिए । वडा नं. १५ मा सडक, नाला नभएको कारण बर्षायाममा स्थानियले फोहरका कारण सास्ती खेप्नु परेकोले आफूहरुले बाध्य भएर विकास नगर्ने वडाअध्यक्षलाई बाधेको स्थानियले बताएका छन ।

पैदल हिडन समेत मुस्कील रहेको बाटोको बारेमा बारम्बार उजुरी गर्दा पनि जनप्रतिनिधिले वेवास्ता गरे पछि स्थानीयहरुलाई वडाध्यक्ष (वडा पार्षद्) लाई बिजुलीको खम्बामा बाधेका थिए ।

एजेन्सीको सहयोगमा ।