गौरीफण्डा नाकामा बेहोस भएर एक जनाको मृत्यु
३ भदौ , रौतहट । भारतबाट आफन्तलाई भेटेर घर फर्किने क्रममा नाकामा बेहास भएर एक जनाको मृत्यु भएको छ ।
आज बिहान करिब ११ः४५ बजेतिर भारतबाट फर्किने क्रममा गौरीफण्डा नाका हुँदै घर आउँने बेलामा कञ्चनपुरको डोकेबजारमा पुगेका लालझाडी गाउँपालिका रैतिने बिछुवा बस्ने ५२ वर्षीय रामदिङ रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भारतमा रहेका आफन्तहरुसंग भेटेर घर फर्किने क्रममा डोकेबजारमा उनी ढलेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए ।
सीमामा बेहोस भएका उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पतालमा लागि ल्याएपनि केहि छिनमै रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।






