अफगानिस्तानबाट थप २८८ नेपाली स्वदेश पुगे
३ भदौ, रौतहट । अफगानिस्तानबाट थप २८८ नेपाली नागरिकको उद्धार गरेर स्वदेश ल्याईएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार कामको सिलसिलामा अफगानिस्तानमा रहेका नेपालीलाई मित्रराष्ट्रको निरन्तर प्रयास र समन्वयमा हालसम्म २८८ जनाको उद्धार गरी काठमाडौं ल्याइएको हो ।
उनीहरूलाई सामाखुशीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ को परीक्षणलगायत प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।






