अ-आफ्नै पार्टी सम्बोधन गर्दै; ओली र माधव

   ३ भाद्र २०७८, बिहीबार ११:२३  

३ भदौ, रौतहट । नेकपा एमाले फुटेपछि पहिलो पटक आज केपी शर्मा ओली र माधवकुमार नेपाल फरक पार्टी नेताको हैसियतमा अ-आफ्नै पार्टी सम्बोधन गर्दै छन् ।

सरकारले जारी गरेको अध्यादेशपछि विभाजन भएको ओली एमाले अध्यक्ष र माधव नेपालले एमाले समाजवादीको अध्यक्षका हैसियतमा छुट्टाछुटै स्थानमा पार्टी सम्बोधन गर्ने कार्यक्रमय आयोजित गरेका हुन् ।

स्रोतका अनुसार बिहीबार अध्यक्ष ओलीले नेकपा एमाले जिल्ला कमिटी भक्तपुरको आयोजनामा भक्तपुरको चुनदेवीमा आफ्ना पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दैछन्, भने यही भदौ २ गते (बुधबार)मात्रै एमालेबाट छुटिएका नेकपा एमाले समाजवादी पार्टीको अध्यक्ष माधवकुमार नेपालले काठमाडौँमा हुने कार्यक्रमलाई समबोधन गर्ने भएका छन् ।