नेपालमा थपिए ३,४०३ संक्रमित, ४२ जनाको मृत्यु
२ भदौ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ११ हजार ८ सय ३९ जनाको पीसीआर परीक्षण गर्दा जम्मा २ हजार ६ सय १३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो, भने ४ हजार ९ सय ९९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय ९० जनामा संक्रमण देखिएको छ ।
यस्तै, बितेको २४ घण्टामा थप २ हजार १ सय ४ जनाले कोरोना भाइरस (कोभिड १९)का संक्रमण जितेर डिस्चार्ज भएका छन् । यसैबीच, यो अवधिमा कोरोना संक्रमणका कारण थप ४२ जनाको मृत्यु भएको छ ।
त्यसैगरी, स्वास्थ्य तथा जसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्याकामा मात्रै ९ सय ९३ जनामा संक्रमण देखिएको छ । जसमध्ये काठमाडौँमा ७ सय ११, ललितपुरमा १ सय ६० र भक्तपुरमा १ सय २२ जनामा संक्रमण देखिएको छ ।
हाल नेपालमा उपचाररत कोरोना संक्रमितका कुल संख्या ४० हजार ३ सय ३८ रहेको स्वास्थ्य मन्त्रालयले जनाए ।






