बाँकेमा उपचाररत संक्रमित महिलाको मृत्यु
२ भदौ, रौतहट । बाँकेमा उपचाररत एक संक्रमित महिलाको मृत्यु भएको छ । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर २ बस्ने ३४ वर्षीया महिलाको आज बिहान कोरोना भाइरस (कोभिड १९)का संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्यमा समस्या भएपछि, गत असार २४ गते नै पीसीआर परीक्षण गराउँदा उनका कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । कोभिड १९ का संक्रमण पुष्टि भएको भोलिपल्ट नै उपचारको लागि उनी भेरी अस्पतालमा भर्ना भएकी थिइन् ।
उपचाररत ती संक्रमित महिलाको आज बिहान करिब ११ः१५ बजेतिर मृत्यु भएको बाँकेको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।






