१ क्वीन्टल गाँजासहित धनुषाबाट एक जना पक्राउ

   २ भाद्र २०७८, बुधबार १३:३४  

२ भदौ, रौतहट । जनकपुरबाट १ क्वीन्टल २० किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका १९ सिरान चोक बस्ने ३२ वर्षीय बीरबहादुर ब्लोनलाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता तथा डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

सवारी चेक जाँच गर्ने क्रममा जनकपुरधाम उपमहानगरपालिका ४ स्थित मुरली चोकबाट बा ५ च १४० नम्बरको पिकअप गाडीलाई रोकी चेक गर्दा पानी राख्ने प्लाष्टिकको टयांकीभित्र उक्त गाँजा लुकाई छिपाई राखेको अवस्थामा ब्लोनलाई हिरासतमा लिएको बस्नेतले जनाए ।

प्रहरीका अनुसार ५ लिटर पानी अट्ने प्लाष्टिकको ट्यांकीभित्र १० वटा पोकामा गाँजा राखिएको अवस्थामा उनलाई पक्राउ गरिएको थियो । पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।