लागूऔषधसहित सिरहाबाट दुई जना पक्राउ
२ भदौ, रौतहट । प्रतिबन्धित लागूऔषधसहित सिरहाबाट दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ बस्ने २२ वर्षीय प्रमोदकुमार यादव र सुखिपुर नगरपालिका १० निवासी २८ वर्षीय धनजीत यादव रहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले गोलबजार नगरपालिका ३ गागन पुलमा सवारी चेकजाँच गर्ने क्रममा उनीहरुलाई शंकास्पद अवस्थामा रोकी चेक गर्दा नाइट्रोभेट ट्याबलेट ९ सय थान, ३ हजार ३ सय ४६ रुपैयाँ नगद बरामद गरेको प्रहरीले जनाए ।
बरामद भएको लागूऔषध र रुपैयाँसहित पक्राउ परेका दुवै जनामाथि यसबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।






