कुलमानविरुद्ध परेको रिटमाथि सर्वाेच्चमा सुनुवाइ हुँदै

   २ भाद्र २०७८, बुधबार १२:०६  

२ भदौ, रौतहट । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि आज सुनुवाई सुरु भएको छ ।

निर्वतमान कार्यकारी निर्देशक हितेन्द्र शाक्यले आफूलाई गैरकानुनी तरिकाबाट प्राधिकरणको प्रमुख पदबाट हटाइएको भन्दै कुलमानको नियुक्ति बदरको माग गर्दाैे दायर गरेको रिटमाथि अदालतमा बुधबार पेसी तोकिएको हो । न्यायाधीश कुमार रेग्मीको इजलासमा उक्त मुद्दाको पेसी तोकिएको स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार सर्वोच्चको १०औँ नम्बरमा उक्त मुद्दाको पेसी तोकिएको छ । शाक्यले कुलमानको नियुक्ति बदरको मागगर्दाै आफूलाई पुनः पदमा नियुक्तिको माग समेत गरेका छन् ।