बाराको सिम्रौनगढ नगरपालिकाका वडाध्यक्षको मस्तिष्कघातका कारण निधन

   १ भाद्र २०७८, मंगलवार १२:२६  

१ भदौ, रौतहट । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्षको उपचारको क्रममा मृत्यु भएको छ । काठमाडौँस्थित मेडिसिटी अस्पतालमा उपचाररत ५२ वर्षीय दामोदर जैसवालको मंगलबार बिहान मृत्यु भएको हो ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गोपाल ठाकुरका अनुसार मस्तिष्कघातका कारण जैसवालको मृत्यु भएको छ । उनी नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनको असामयिक निधनले माओवादी केन्द्र स्तब्ध भएको र पार्टीलाई क्षति भएको भन्दै नेता ठाकुरले दुःख व्यगत गरेका छन् ।

जैसवाललाई २ छोरा, एक छोरी र श्रीमती छन् ।