अफगानिस्तानबाट १२७ नेपाली स्वदेश आइपुगे
१ भदौ, रौतहट । अफगानिस्तानबाट उद्धार गरिएका १२७ नेपाली नागरिक स्वदेश आइपुगेका छन् ।
विद्रोहि तालिबान समूहको अफगानिस्तानमा सत्ता कब्जा गर्ने मिसन सफल भएसंगै सोमबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाली नागरिकहरुको उद्धार गर्ने निर्णय गरेको थियो ।
उद्धार गरिएको १२७ नेपाली आज बिहान १०ः१५ बजे जजिरा एयरलाइन्सको विमान कुवेतबाट काठमाडौँस्थित त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको स्रोतले जानकारी दिए ।
अफगानिस्तानबाट उद्धार गरेर कतारको दोहा र कुवेतमा लगेर राखिएका नेपाली नागरिकलाई स्वदेश ल्याइएको हो ।






