सिरहाबाट गाँजासहित एक जना पक्राउ
१ भदौ, रौतहट । १० किलो गाँजासहित सिरहाबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लहान नगरपालिका १७ गोबिन्दपुरका ४० वर्षीय बागेश्वर चौधरीलाई सोमबार नै पक्राउ गरिएकोे प्रहरीले जनाएको छ ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी लहान सिरहाबाट खटिएको प्रहरी टोलीले हिजो चौधरीको घरमा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा १० किलो अवैध लागुऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उक्त गाजाँसहित उनलाई घरबाट नै हिरासतमा लिएको हो ।
पक्राउ परेका चौधरीमाथि यसबारे आवश्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






