नागढुंगाबाट गाँजासहित एक जना पक्राउ
३२ साउन, रौतहट । चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट गाँजासहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
लागूऔषधसहित पक्राउ पर्नेमा उदयपुर चौदन्डीगडी नगरपालिका वडा नम्बर ४ का २४ वर्षीय सुदिप राई रहेको प्रहरीले जनाएको छ । गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले ग.१ ख ६४७५ नम्बरको बस रोकी बसमा सवार राईलाई चेक जाँच गर्ने क्रममा निजले बोकेको झोलाबाट १ किलो ९ सय ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
लागूऔषध गाँजासहित पक्राउ परेका उनीमाथि यसबारे आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरीले जनाएको छ ।






