आज थप २,२१२ जनामा कोरोना पुष्टि, ३३ को मृत्यु
३१ साउन, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १२ हजार १ सय ६ जनाको पीसीआर परीक्षण गर्दा जम्मा २ हजार २ सय १२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । यससँगै हालसम्म देशभर संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ३२ हजार २ सय ७२ र एन्टिजेन विधिबाट गरिएको ७५ हजार १ सय ३० जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, बितेको २४ घण्टामा थप १ हजार ८ सय ६७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्, भने यससहित नेपालमा संक्रमणमुक्त हुनेहरुको कुल संख्या ६ लाख ८२ हजार ६ सय ८२ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिए ।
त्यसैगरी, यो अवधिमा कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण थप ३३ जनाको मृत्यु भएको छ । हालसम्म संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १० हजार २ सय ९२ पुगेको छ ।
हाल देशभर ३९ हजार २ सय ९८ संक्रमित उपचाररत रहेका हुन् ।






