बालाजुबाट सालकको खपटासहित दुईजना पक्राउ

   ३१ श्रावण २०७८, आईतवार १४:१५  

३१ साउन, रौतहट । काठमाडौँको बालाजुबाट सालकको खपटासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबीले संरक्षित वन्यजन्तु सालकको खपटासहित मकवानपुरको बकैया गाउँपालिका २ बस्ने ४० वर्षीय धनबहादुर योन्जन र ३६ वर्षीय कान्छालाल मोक्तानलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनाको साथबाट १ किलो ५ सय ग्राम सालकको खपटा बरामद गरिएको सीआईबीले जनाएको छ । सालकको खपटासहित पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय, हात्तिसार पठाइएको छ ।