धनुषामा एक पुरुषको शव फेला
३१ साउन, रौतहट । धनुषामा आज एक जनाको शव फेला परेको छ ।
जिल्लाको जनकपुर उपमहानगरपालिका ८ रामानन्द चोकमा अन्दाजी २५ वर्षीय पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । मृत अवस्थामा फेला परेको युवकको निधारमा सामान्य चोट देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।
हाल मृतकको नाम, थर खुल्न नसकेको बस्नेतले बताए । शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ । मृतकको पहिचान खुलाउन प्रयास र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शव नजिकै मदिराको बोतल समेत फेला परेको थियो ।






