कैलालीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

   ३१ श्रावण २०७८, आईतवार ११:५८  

३१ साउन, रौतहट । कैलालीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्लाको लम्की चुहा नगरपालिका ६ मा स्कुटर दुर्घटना हुँदा सोही स्थान बस्ने १९ वर्षीय गोपाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लम्कीका अनुसार शनिबार गएराति करिब १०ः०० बजेतिर सुपप्र००१–००८प १७८० नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटनामा भएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएको चौधरीलाई उपचारको लागि लम्कीचुहा अस्पताल ल्याएपनि हिजो राति नै उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।