नेपालमा थपिए ३,९१५ संक्रमित, २७ जनाको मृत्यु

   २९ श्रावण २०७८, शुक्रबार १७:०२  

२९ साउन, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ११ हजार ७ सय ८ जनाको पीसीआर परीक्षण गर्दा जम्मा २ हजार ७ सय ६३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो, भने ६ हजार ८ सय ७४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार १ सय ५२ जनामा संक्रमण देखिएको छ ।

यस्तै, बितेको २४ घण्टामा थप २ हजार १ सय १८ जनाले कोरोना भाइरस (कोभिड १९)का संक्रमण जितेर डिस्चार्ज भएका छन् ।

त्यसैगरी, यो अवधिमा थप २७ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।