सरकारी निवास अगाडि प्रदर्शन गर्ने शिक्षकहरू प्रहरी हिरासतमा
२९ साउन, रौतहट । सरकारी निवास बालुवाटार अगाडि प्रदर्शन गर्न पुगेका शिक्षकहरूलाई प्रहरीले हिरासतमा लिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटार अगाडि नेपाल शिक्षक महासंघको नेतृत्वमा शान्तिपूर्ण धर्ना कार्यक्रममा सहभागी हुन पुगेका शिक्षकहरूलाई प्रहरीले आज नियन्त्रणमा लिएको हो ।
महासंघले वार्षिक बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुट्याउनुपर्ने, शिक्षकको सामूहिक रुपमा बढुवा गराइनुपर्ने, शिक्षण पेशालाई सम्मानित बनाइनुपर्ने, द्वन्द्वपीडित शिक्षकहरूको समस्या समाधान गरिनुपर्ने, भत्ताको व्यवस्था गर्नुपर्ने र उच्च मावि, विद्यालय कर्मचारीलाई संघीय सरकारले तलब र राहतका अनुदानका दरबन्दीलाई आन्तरिक प्रतिस्पर्धा गराई स्थायी गरिनुपर्नेलगायतका विभिन्न मागहरू राख्दै गत वैशाखदेखि आन्दोलन गर्दै आएको छ । स्रोत लोकान्तर संवाददाता






