पर्साबाट चोरीका चार मोटरसाइकलसहित दुई जना पक्राउ

   २९ श्रावण २०७८, शुक्रबार १४:१५  

२९ साउन, रौतहट । पर्साको वीरगञ्जबाट चोरीको ४ वटा मोटरसाइकलसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका ३० बस्ने २० वर्षीय आकाश यादव र २१ वर्षीय कृष्णा पटेल रहेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चोरीको मोटरसाइकल बिक्री गर्ने उदेशयले लुकाई छिपाई राखेको अवस्थामा ना ११६ प ३३६७ नम्बरकोे हरियो रंगको पल्सर, बा ४२ प ५२६३ नम्बरको कालो रंगको पल्सर, ना १४ प ८४ नम्बरको प्यासन प्रो र ग १ प ७६९४ नम्बरको आर एक्स यामाहा मोटरसाइकलसहित उनीहरुलाई हिरासतमा लिएको पर्साका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

चोरीको मोटरसाइकलसहित पक्राउ परेका दुवैजनामाथि यसबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।