बालिका बालात्कार आरोपमा सुनसरीबाट एक जना पक्राउ
२९ साउन, रौतहट । बलात्कार गरेको आरोपमा सुनसरीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जबरजस्ती करण गरेको अभियोगमा जिल्लाको हरिनगरा गाउँपालिका वडा नम्बर ६ बस्ने २२ वर्षीय शम्सेर अन्सारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
१३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । बालिका बलात्कृत भएकी भन्दै गोप्य सूचनाका आधारमा प्रहरी चौकी घुस्किबाट खटिएको टोलीले आरोपी अन्सारीलाई हिरासतमा लिएको छ ।
पक्राउ परेका निजमाथि यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






