नक्कली सेनिटाइजर बनाएको आरोपमा पक्राउ परेका प्याकुरेल धरौटीमा रिहा
२९ साउन, रौतहट । नक्कली सेनिटाइजर बनाएको आरोपमा पक्राउ परेका आशिष प्याकुरेल २० लाख धरौटीमा रिहा भएका छन् ।
ललितपुर जिल्ला अदालतले प्याकुरेललाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ । नक्कली सेनिटाइजर उत्पादन गरेको अभियोगमा उनलाई गत जेठ ९ गते प्रहरीले नियन्त्रणमा लिएको थियो ।
ललितपुरको इमाडोलमा अवैध कम्पनी चलाएर नक्कली स्यानिटाइजर उत्पादन गर्दै आएका प्याकुरेलको कम्पनीबाट ३० हजार लिटर नक्कली स्यानिटाइजर बरामद गरिएको थियो ।
पक्राउ परेको प्याकुरेललाई धरौटीमा रिहा गर्ने न्यायाधीशद्वय बामदेव ज्ञवाली र किरण कुमार पोखरेलको इजलाशले आदेश दिएको हो ।






