बंगलादेशमा चट्याङ लागेर १६ जनाको मृत्यु, १२ घाइते
२१ साउन, रौतहट । बंगलादेशमा चट्याङ लागेर १६ जनाको मृत्यु भएको छ, भने बेहुलासहित १२ जना घाइते भएका छन् । बंगलादेशको पश्चिमोत्तर चापाइन्बाबगञ्ज जिल्लाको शिवगञ्ज भन्ने ठाउँमा जन्ती सावर डुंगामा चट्याङ लागेर १६ जनाको मृत्यु भएको हो ।
अचानक मेघगर्जन भएर पानि पर्न थालेपछि डुंगाबाट एक एक जना गर्दौ ओर्लिएर आश्रय लिन लाग्दा उनीहरुमाथि चट्याङ खसेको थियो ।
मुख्य प्रशासनिक अधिकारी साकिब अल रब्बीले १६ जनाको चट्याङ लागेर मृत्यु भएको जानकारी दिए । अन्य घाइते भएका १२ जनाको उपचार भइरहेको छ । एजेन्सी






