जम्मु–काश्मिरमा देखियो पाकिस्तानी ड्रोन
८ साउन, रौतहट । भारतको आकाशमा केहि दिन यतादेखि ड्रोनहरु देखापरि रहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएको छ । सोही अन्तर्गत जम्मु काश्मिरको कनाचक इलाकामा भारतीय पुलिसले एक ड्रोनलाई खसाई नियन्त्रणमा लिएको छ ।
उक्त ड्रोन पाकिस्तानबाट पठाइएको भारतीय सञ्चारमाध्यमहरुको दाबी छ । ड्रोन सँगै पाँच किलो आईईडी समेत बरामद भएको समाचार एजेन्सी एनआईले जनाएको छ । सीमा क्षेत्रमा विगत केहि देखि लगातार ड्रोन देखिएको भारतका थुप्रै समाचारहरुमा उल्लेख छ ।
पाकिस्तानले ड्रोन मार्फत कुनै ठुलो हमलाको योजना बनाई रहेको समाचार संस्थाहरको दाबी छ । ड्रोन मार्फत ठुलो हमलालाई सार्थक बनाउने प्रयासमा विद्रोहीहरु लागेको भन्दै भारतीय गुप्तचरहरुले यस अघि नै सरकारलाई सतर्क गराइसकेका छन् ।
यी विषयहरुका कारण सुरक्षा बलले यस चुनौतीलाई सामना गर्नका लागि रणनीति बनाएको छ । त्यसअन्तर्गत यस ड्रोनलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।
यकातिर ड्रोन हमला भने उता, बारामुल जिल्लोको सोपोरस्थित वारपोरामा सुरक्षा बल र विद्रोहीबीचको मुठभेड भइरहेको छ । मुठभेडमा परेर केहि सैनिक मारिएका छन् । बिहिबारदेखि मुठभेड जारी छ । विद्रोहीहरुबाट सुरक्षाकर्मीले केहि हात हतियार समेत बरामद गरेका छन् ।
विद्रोहीहरुले ड्रोन मार्फत गत जुन २७ का दिन भारतीय वायुसेना स्टेशनमा विस्फोटक हमला गरेका थिए । यो हमलामा परि २ जना घाइते भएका थिए । हमला पछि प्रधानमन्त्री नरेन्द्र मोदीले ड्रोनको बढ्दै खतरालाई लिएर एक उच्च स्तरीय बैठक पनि बोलाएका थिए ।
यस ड्रोनको षडयन्त्रमा लश्कर ए तैयबा संगठनको संलग्नता रहेको सुरक्षा एजेन्सीहरुले दाबी गरेका छन् । एजेन्सीका अनुसार यस घटनाबारे थप अनुसन्धानको प्रक्रिया भइरहेको जनाएका छन् ।






