भारतको राजस्थानमा भूकम्पको धक्का

   ७ श्रावण २०७८, बिहीबार १२:४९  

७ साउन, रौतहट । भारतको राजस्थानस्थित बीकानेरमा लगातार दोस्रो दिन पनि भूकम्पको झट्का महसुस गरिएको छ ।

बिहीबार बिहान महसुस गरिएको रिक्टर स्केलमा उक्त भूकम्पको तीव्रता ४.८ मापन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बीकानेरमा आज बिहान ७ः४२ बजेतिर भूकम्पको धक्का महसुस गरिएको थियो । यसको केन्द्रबिन्दु बीकानेरबाट ४१३ किलोमिटर उत्तरपश्चिममा जमिनको सतहभन्दा १५ किलोमिटर गहिराइएमा रहेको थियो ।

लगातार दुई दिनदेखि भइरहेको भूकम्पबाट हालसम्म कुनै क्षति भएको छैन् । बुधबार पनि बीकानेरमा नै ५।३ का भूकम्पको झट्का महसुस गरिएको थियो ।