१ सय २० रुपैँयाका कारण भान्जाले गर मामाको हत्या

   २२ असार २०७८, मंगलवार १६:१५  

२२ असार, भारतको मध्ये प्रदेशमा १ सय २० रुपैयाँका कारण विवाद हुँदा भान्जाले आफ्नै मामाको हत्या गरेका छन् ।

१ सय २० रुपैँयाका कारण आफ्नै भान्जाले चक्कु प्रहार गरि मामाको हत्या गरेका हुन् । भारतीय प्रहरीका अनुसार मामा कयूमको माछाको पसल छेउमा भान्जा कूल्लुको होटल थियो । कुल्लुले मामाको पसलबाट माछा लगेका थिए ।

माछा लिएको बाँकी पैसा पछि मामाले देउ भनेपछि, उनीहरुबीच विवाद शुरु भएको थियो । विवाद चर्कीदै जाँदा कूल्लुले मामालाई चक्कु प्रहार गरेको थियो ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका कयूमलाई उपचारका लागि अस्पताल ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।

घटनापछि, फरार भएको आरोपी भान्जाको खोजी भइरहेको छ । एजेन्सी