कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज मंगलबारदेखि लगाइँदै

   २२ असार २०७८, मंगलवार ११:३२  

२२ असार, रौतहट । कोरोना संक्रमणविरुद्धको भेरोसेल खोपको दोस्रो डोज मंगलबारदेखि लगाउन सुरु गरिएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना माहामारीविरुद्धका भेरोसेल खोपको पहिलो डोज लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका वृद्ध नागरिकलाई आजदेखि दोस्रो डोप पनि लगाउन सुरु गरिने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएका जानकारी अनुसार गत जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेल खोप लगाएको जयेष्ठ नागरिकहरुको संख्या ३ लाख ७० हजार रहेको छ ।