नेपाली सेनालाई चारवटा रेस्क्यू बोट, अमेरिकाको सहयोग

   १७ असार २०७८, बिहीबार १२:४०  

१७ असार, रौतहट । जलउत्पन्न विपतका बेला अमेरिकाले नेपाली सेनालाई उद्धार तथा राहत कार्यका लागि चारवटा आउट बोर्ड मोटर सहितको रेस्क्यू बोट सहयोग गरेको छ ।

नेपाली सेनाले सहयोग स्वरुप अमेरिकाले उद्धारका प्रयोग हुने चारवटा रेस्क्यू बोट उपलब्ध गराएको जनाएको हो । नेपालका केही जिल्लाहरुमा बाढी पहिरोका कारण धेरै ठूलो जनधनको क्षति भएको हो ।