मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक जना घाइते
द नेपाल मिडिया
१४ आश्विन २०७९, शुक्रबार १०:५९
१४ असोज, कैलाली । मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको लम्कीचुहा नगरपालिका ७ को हरैया पुलस्थित भित्री सडकखण्डमा भएको दुर्घटनामा परेर एकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रदेश २–०२००३ प ७६७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा हरैयाकै ३२ वर्षीय विवेक महतको मृत्यु भएको छ । मोटरसाइकल अचानक अनियन्त्रित भई दुर्घटना हुँदा चालक घाइते भएका छन् ।
दुर्घटना परेर घाइते भएको चालक ३६ वर्षीय सुनिल कुश्मीको उपचार भइरहेको छ ।






