काकाले रडले हिर्काउँदा आफ्नै भजिताको मृत्यु

   १३ आश्विन २०७९, बिहीबार १०:४२  

१३ असोज, धनुषा । काकाले गरेको रड प्रहारबाट धनुषामा भतिजाको मृत्यु भएको छ ।

जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा काकाले फलामको रड हिर्काउँदा ४ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार दिउँसो ३ बजेति २८ वर्षीय रवि पासवानले रडले हिर्काउँदा उनकै चार वर्षीय भतिज अनुप पासवान गम्भीर घाइते भएका थिए ।

रड प्रहारबाट बालक गम्भीर घाइते भएको बालकलाई उपचारको लागि स्थानीय स्वास्थ्य संस्थामा ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आरोपी काका रविलाई हिरासतमा लिई घटनाबारे अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।