थप ३८ जनामा कोरोना पुष्टि, ५२ जना संक्रमणमुक्त
द नेपाल मिडिया
१२ आश्विन २०७९, बुधबार १७:४१
१२ असोज, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १ हजार २ सय ८४ जनाको पीसीआर परीक्षण गरिएको छ भने १ हजार ५ सय ३४ जनाको एन्टिजेन परीक्षण गरिएको छ ।
यस्तै, यो अवधिमा थप ५२ जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ हजार १ सय २२ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, यो अवधिमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ ।






