आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

   ११ आश्विन २०७९, मंगलवार ११:४९  

११ असोज, रौतहट । शक्तिस्वरुपा दुर्गा देवीको आज दोस्रो रुप ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ ।

आश्विन शुक्लप्रतिपदादेखि भगवती दुर्गा देवीको नौँ अवतारको पूजा आराधना गरिन्छ । बडा दसैँको आज दोस्रो दिन ब्रह्मचारिणी देवीको घर-घरमा पूजा आराधना गरिँदैछ ।

दशैंको पहिलो दिन हिजो घटस्थापनामा शैलपुत्री देवीको पूजापाठ गरिएको थियो । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।