भ्रमणको रकम नआएको भन्दैँ बौधिमाई नगरपालिकामा तोडफोड
९ असोज, रौतहट । रौतहटको बौधिमाई नगरपालिकामा आज तोडफोड भएको छ ।
जिल्लाको बौधिमाई नगरपालिकास्थित शंकर माध्यमिक विद्यालयका विद्यार्थीहरुले नगरपालिकामा आज तोडफोड गरेका छन् । भ्रमणको लागि नगरपालिकाले रुपैयाँ नदिएको भन्दैँ विद्यार्थीहरुले प्रदर्शन समेत गरेका छन् ।
नगर प्रमुख (मेयर) प्रदीप यादव चढ्ने सरकारी नम्बर प्लेट ना१ झ १६९३ को गाडी तोडफोड गरी बंकुल चोकमा टायर बालेर प्रदर्शन समेत गरेका छन् ।
भ्रमणको लागि रकम छुट्यिाइ दिनु भन्दैँ नगर प्रमुख यादवलाई पटक-पटक आग्रह गरेपनि किनै किसिमको प्रतिक्रिया नआएकोले विद्यार्थीहरुले प्रदर्शन गरेका छ ।
तनावग्रस्त भएकोस्थितलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ ।






