करणी आरोपमा मोरङबाट एक जना पक्राउ
द नेपाल मिडिया
९ आश्विन २०७९, आईतवार ११:०६
९ असोज, मोरङ । करणी आरोपमा मोरङबाट एक जना पक्राउ परेका छन् ।
१६ वर्षीया किशोरीलाई जबरजस्ती बलात्कृत गरेको अभियोगमा विराटनगर महानगरपालिका ७ हाटखोलाका ४४ वर्षीय अजय तिवारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
युवती बलात्कृत भएको खबर पाएलग्त्तै प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आरोपी तिवारीलाई हिरासतमा लिएको छ । पक्राउ परेका उनीमाथि घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।






